जुरिखेत ‘स्कारपियो’ दुर्घटना- उच्च अदालतका न्यायाधीशसहित ६ घाइते, एकको अवस्था गम्भीर
lokaantar.com

मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।
घाइते हुनेमा पर्साका मुख्य न्यायाधीश दाङको तुलसीपुर उपमहानगरपालिका ९ का ५७ वर्षीय गोकर्ण डाँगी, रजिस्ट्रार बैतडीको दशरचन्द नगरपालिका ७ सुर्काल बस्ने ५१ वर्षका तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु, ३१ वर्षकी रिता बडु र गाडी चालक दाङको राप्ती नगरपालिका ८ बस्ने ३२ वर्षका छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
Read full story at source (lokaantar.com)