सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
nepalviews.com · Tue Aug 18 04:47:01 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आफ्नै दलभित्र मन्त्री छनोटको विषय पेचिलो बनेपछि मुख्यमन्त्री भट्टले पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने भएका हुन् । यसअघि मंगलबार नै विश्वासको मत लिने तयारी भए पनि एक दिन पछि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
मंगलबार (आज) नेकपा संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भएको नेकपाका सांसदले बताए । सो विषयमा नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टि अध्यक्ष रञ्जिता श्रेष्ठ र मुख्य मन्त्री भट्टबीच पनि छलफल भएको थियो ।
Read full story at source (nepalviews.com)