सिद्धार्थ बैंकको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
arthasansar.com · Tue Aug 18 04:49:37 GMT 2026

सिद्धार्थ बैंकले १ लाख ५७ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरेर दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनी कृष्णराज पराजुलीको नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङको नाममा रहेको ४७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयरमा हाल कायम बैंकका सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयर सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार उक्त सेयरमा खरिदका लागि संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरिएको छ ।
Read full story at source (arthasansar.com)