इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्नेबारे विचार गर्दै छ अमेरिका
barnanmedia.com · Tue Aug 18 04:41:10 GMT 2026

अमेरिकामा इरानविरुद्ध सम्भावित परमाणु हतियार प्रयोगबारे छलफल गर्न उच्चस्तरीय रणनीतिक बैठक भइरहेको अमेरिकी पूर्वसांसद मार्जोरी टेलर ग्रीनले आइतबार दाबी गरेकी छन् ।“म अनुमान गरिरहेकी छैन, मलाई थाहा छ । र, यो पूर्ण रूपमा दुष्टता हो,” ग्रीनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।
उनले आफ्नो दाबी पुष्टि गर्न कुनै प्रमाण भने प्रस्तुत नगरेको टर्कीको समाचार संस्था अनादोलुले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा विजय हासिल गरेको र होर्मुज जलमार्गमाथि आफ्नो देशको नियन्त्रण रहेको जिकिर गरिरहेका छन् । यही बेला अमेरिकी सरकारले परमाणु हतियार प्रयोगको सीमा घटाउने विषयमा विचार गरिरहेको ग्रीनले आरोप लगाएकी हुन् ।
Read full story at source (barnanmedia.com)