मृत्यु एक्लो, हार देशको
annapurnapost.com · Tue Aug 18 04:42:48 GMT 2026

आत्महत्या निश्चय नै व्यक्तिको अन्तिम निर्णय हो। तर, त्यो निर्णय त्यत्तिकै शून्यतामा जन्मँदैन। त्यसअघि उसले बाँचेको सामाजिक जीवन, आर्थिक अवस्था, पारिवारिक सम्बन्ध, रोजगारी, ऋण, अपमान, हिंसा, असुरक्षा र भविष्यप्रतिको आशाले लामो समयदेखि त्यस निर्णयलाई आकार दिइरहेका हुन्छन्।
केही हप्ताअघि मुगुका गणेश नेपालीले काठमाडौंको सडकमा आत्मदाह गरे। यो घटनाले एउटा व्यक्तिको जीवनमात्र अन्त्य गरेन, आत्महत्यालाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोणलाई पनि सतहमा ल्याइदियो। जुन घटनाले आत्महत्यालाई बुझ्ने सबालमा नेपाली समाजलाई दुई धारमा विभाजित गरेको देखियो। समाजमा एउटा वर्गले करुणा र सान्त्वना प्रकट गर्दै राज्यमाथि औंला उठायो भने अर्को वर्गले ‘नियम नमान्नेहरू मर्छन्, त्यसै देश सिंगापुर बन्दैन’ भन्दै आक्रोश पोख्यो।
Read full story at source (annapurnapost.com)