आगामी साता नेपाल आउँदै ‘दिपल निभो क्यू ०५’, बरफमा भयो सुरक्षा प्रणालीको कडा परीक्षण
techpana.com · Tue Aug 18 04:53:52 GMT 2026

काठमाडौं । चिनियाँ कम्पनी चाङ्गन अटोमोबाइल्सले आगामी साता नयाँ विद्तीय एसयूभी ‘दिपल निभो क्यू ०५’ नेपालमा सार्वजनिक गर्ने भएको छ । नेपालमा सार्वजनिक गर्नुअघि चाङ्गनले यो एसयूभीलाई अत्यन्त चिसो र कम घर्षण भएको प्राकृतिक बरफमा परीक्षण गरेको छ । चीनको इनर मङ्गोलियास्थित याकेशीमा गरिएको परीक्षणमा गाडीको इन्टेलिजेन्ट ड्राइभिङ प्रणालीले बरफमा रहेको अवरोध पहिचान गरी आपत्कालीन अवस्थामा नियन्त्रित तरिकाले राक्न सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।
यो परीक्षण चाङ्गनले फेब्रुअरीदेखि सुरु भएको २०२६ ग्लोबल टेस्टिङ सिजनअन्तर्गत गरिएको हो । एडाप्टिभ क्रुज कन्ट्रोलको परीक्षणका क्रममा क्यू ०५ ले कम घर्षण भएको बरफमा अवरोध पहिचान गरी त्यसअनुसार प्रतिक्रिया दिनुपर्ने थियो ।
Read full story at source (techpana.com)