प्रतिनिधि सभा बैठक बस्दै : चार मन्त्रीले आफ्ना मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने
annapurnapost.com · Tue Aug 18 04:46:49 GMT 2026

काठमाडौं : प्रतिनिधि सभाको बैठक बस्दैछ। मंगलबार बिहान ११ बजे बस्ने बैठकमा चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर हुने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।
Read full story at source (annapurnapost.com)