इंग्ल्यान्डसँग ४–२ ले हार्यो भारत, दोस्रो चरणको समीकरण रोचक
nagariknews.nagariknetwork.com · Tue Aug 18 05:43:03 GMT 2026
हक्की विश्वकपको पूल ‘डी’ अन्तर्गत भारत इंग्ल्यान्डसँग ४–२ गोलले पराजित भएको छ।
सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता बनाए पनि भारतले दोस्रो हाफमा लगातार तीन गोल खाएपछि हार बेहोरेको हो। इंग्ल्यान्डका निकोलस बान्डुराकले १३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि भारतीय कप्तान हरमनप्रीत सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए।