बेलबास–बेथरी सडक ११ वर्षदेखि अलपत्र
baahrakhari.com · Tue Aug 18 06:22:41 GMT 2026

बुटवल । रुपन्देहीमा बेलबास–बेथरी पर्यटनमार्ग निर्माण कार्य ११ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । तीन वर्षभित्र सकाउने लक्ष्यसहित थालिएको आयोजना अहिले सडकभन्दा बढी स्थानीयका निम्ति सास्ती बनेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा करिब २१ किलोमिटर लामो सडकलाई पर्यटनमार्गका रूपमा विकास गर्ने उद्देश्यले एक अर्ब ८० करोड रुपैयाँ लागत तोकेर आयोजना अघि बढाइएको थियो । सडकका दुवैतर्फ हरियाली, बीचमा नहर र त्यसमा डुंगा सञ्चालन गर्ने अवधारणासहित अघि बढाइएको यो आयोजनालाई बुटवलको पर्यटन विकाससँग जोडिएको महत्त्वाकांक्षी योजनाका रूपमा हेरिएको थियो ।
Read full story at source (baahrakhari.com)