वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले
annapurnapost.com · Wed Jun 10 03:39:27 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धी छलफलमा बोल्दै उनले प्रधानमन्त्री र ममाथि नियोजितरुपमा घेराबन्दी भएको बताएका हुन्।
‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’अर्थमन्त्री वाग्लेले भने,‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’
Read full story at source (annapurnapost.com)