शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त
ictsamachar.com

काठमाडौं । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गरेका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन् । शिक्षा क्षेत्रको नीतिगत सुधार, सीपमूलक शिक्षाको विस्तार तथा प्रविधिमैत्री शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित उनको नियुक्ति गरिएको जनाइएको छ ।
शिक्षा प्रणाली सुधार, सार्वजनिक नीति, युवा सशक्तीकरण तथा शैक्षिक नवप्रवर्तनमा सक्रिय रहँदै आएका झा हाल अमेरिकी विदेश मन्त्रालयद्वारा सञ्चालित प्रतिष्ठित ह्युबर्ट एच हम्फ्रे फेलोसिप (२०२५/२६) अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यवसायिक अनुसन्धानमा संलग्न थिए ।
Read full story at source (ictsamachar.com)