अरुको नक्कल गर्ने ह्यान्डल स्थायी रूपमै ‘सस्पेन्ड’ गर्दै ट्वीटर, प्यारोडी बाहेकका नचल्ने
bizmandu.com · Mon Nov 07 03:27:56 GMT 2022
ट्वीटरका सीइओ इलन मस्कले अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू स्थायी रुपमा नै सस्पेन्ड गरिने बताएका छन्। स्पष्ट रूपमा ‘प्यारोडी’ भनेर निर्दिष्ट नगरी अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू हटाइने उनले बताए।
‘पहिले हामीले सस्पेन्सन हुनुअघि चेतावनी दिन्थ्यौं, तर अब हामीले व्यापक प्रमाणीकरण ल्याएसँगै, कुनै चेतावनी दिइने छैन,’ उनले आइतबार ट्वीटमा भनेका छन्।
Read full story at source (bizmandu.com)