१० नम्बर जर्सीका मेस्सी : १० फरक खेलाडीलाई असिस्ट, ८ वटामा जित
shilapatra.com · Wed Jul 15 05:27:00 GMT 2026
खेल जीवनको उचाइमा पुगेका अर्जेन्टिनाका लियोनल मेस्सीले हरेक खेलमा केही न केही रेकर्ड बनाइरहेका छन् । गोल गर्दा, नगर्दा र गोलको लागि अवसर सिर्जना गर्दासमेत उनको नाममा रेकर्ड बनिहाल्छ ।
मेस्सीले अहिलेसम्म अर्जेन्टिनी राष्ट्रिय टिमका लागि २०५ खेल खेल्दै मेस्सीले १२५ गोल गरेका छन् । यस क्रममा मेस्सीले विश्वकपका ६ वटा संस्करणमा ३२ वटा खेल खेल्दा उनले २१ गोल गरेका छन् । जुन विश्वकपमा सबैभन्दा बढी गोलको कीर्तिमान हो । उनीपछि फ्रान्समा केलियन एम्बाप्पेले गोल गरेका छन् । यो कीर्तिमान मेस्सी र एम्बाप्पेबीच फिफा विश्वकप २०२६ मा तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
Read full story at source (shilapatra.com)