सप्तरीमा एकै दिन ४३ जना कोरोना संक्रमण मुक्त
lokpath.com · Thu Aug 06 10:03:59 UTC 2020
काठमाडौं । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका हुन् ।
उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर फर्किँदा एक पुरुष र तीन महिला आइसोलेसन केन्द्रमा भर्ना भएको अस्पतालले जनाएको छ ।
Read full story at source (lokpath.com)