नगर प्रमुख नै बुझ्दैनन 'स्मार्ट सिटी' ! भारतको बैङ्गलोर गर्दैछ अभ्यास
nepalhomes.com · Mon Nov 07 05:58:59 GMT 2022
बैंगलोर- गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात् अस्तव्यस्त भयो। त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटेलसम्मको बाटो पुरै खाली गराइएकाले चक्रपथ जाम थियो। काठमाडौँवासी अचम्मित भए। यहाँ जाम त हुन्थ्यो नै तर यसरी घण्टौँसम्म विनासूचना राजधानीका सडक ठप्प भने हुँदैनथे।
समाचार कक्षको फोन र त्यहाँ रहेका साथीहरूका मोबाइलका घण्टी बज्न थाले। प्रश्न थियो– आज काठमाडौँमा केको जाम हो? अकस्मात् धेरै फोन आएपछि हामी पनि छक्क पर्यौं। एकैछिनमा फेसबुक पेजहरूमा जिज्ञासा ओइरिएका थिए ‘लौन आज काठमाडौँ किन यस्तो जाम हो?’ पछि थाहा भयो– त्यसदिन चिनियाँ सभामुख नेपाल आएकाले सडक खाली गराइएको रहेछ। उनी आउने समाचार त थियो तर ट्राफिक व्यवस्थापनको सूचना भने कतै थिएन। त्यस दिन नागरिकले दुःख पाए र व्यापक आलोचना गरेपछि ट्राफिक प्रहरीले भोलिपल्ट भने राजधानीको ट्राफिक रुट सार्वजनिक गर्यो।
Read full story at source (nepalhomes.com)