निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह
abhiyandaily.com
काठमाडौं । निर्वाचन आयोगले आइतवार बिहान ७ देखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । आयोगमा शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो आग्रह गरेका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी गराए ।
Read full story at source (abhiyandaily.com)