मेस्सी भर्सेस भोजिन्हा : विश्वकपको यस्तो भिडन्त, जसको कल्पना कसैले गरेको थिएन
shilapatra.com · Fri Jul 03 14:52:01 GMT 2026
लियोनल मेस्सीविरुद्ध भोजिन्हा । यो विश्वकप २०२६ को यस्तो भिडन्त हो, जसको अपेक्षा कसैले गरेको थिएन, तर अहिले फुटबल समर्थकहरू यही खेल हेर्न आतुर छन् । अर्जेन्टिना र केप भर्डे नेपाली समयअनुसार शनिबार बिहाना ३ : ४५ बजे मियामी स्टेडियममा आमनेसामने हुँदै छन् ।
विश्व फुटबलका इतिहासकै महान् खेलाडीमध्ये एक मानिने मेस्सीको सामना ४० वर्षीय गोलरक्षक भोजिन्हासँग हुनेछ, जसलाई तीन साताअघि विश्व फुटबलले खासै चिन्दैनथ्यो । यो विश्वकपको सबैभन्दा प्रेरणादायी कथामध्ये एक हो । पहिलोपटक विश्वकप खेलेको केप भर्डेले सबै अनुमानलाई गलत सावित गर्दै नकआउट चरणमा स्थान बनाएको छ ।
Read full story at source (shilapatra.com)