आज निर्वाचन: यस्तो रह्यो पाँच वर्ष
karobardaily.com · Sun Nov 20 03:24:38 GMT 2022
आगामी पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आज आम निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रत्यक्षतर्फट प्रतिनिधिसभाका १ सय ६५ र ७ प्रदेशसभाका ३ सय ३० सांसद निर्वाचित हुनेछन् । यस्तै, समानुपातिक प्रणालीबाट संघमा १ सय १० र प्रदेशमा २ सय २० सांसद आउनेछन् । यो आम निर्वाचनले प्रतिनिधि र प्रदेशसभा गरी कुल ८ सय २५ जना सांसद निर्वाचित गर्नेछ ।
दुवै सभाको प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी ५ हजार ६ सय ३६ जनाको उमेदवारी परेको छ । यस्तै, दुवै सभाको समानुपातिक बन्द सूचीमा ५ हजार ९ सय ७ जनाको नामावली समावेश गरिएको छ । निर्वाचन आयोगका अनुसार देशभर एकै चरणमा हुन लागेको यो निर्वाचनमा करिब साढे २ लाखको संख्यामा कर्मचारी र ३ लाखको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आयोगका अनुसार निर्वाचनमा मतदान गर्ने मतदाताको कुल संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० छ भने २२ हजार २ सय २७ वटा मतदान केन्द्र तोकिएका छन् । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
Read full story at source (karobardaily.com)