यसपटक तिहारमा सोचेभन्दा बढी फूलको कारोबार, ३१ करोड रुपैयाँको त सयपत्री मात्रै बिक्यो!
bizmandu.com · Mon Oct 31 10:57:04 GMT 2022
काठमाडौं। यसपटकको तिहारमा ३४ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहारको ४ दिनमा ३४ करोड ६३ लाख २५ हजार रुपैयाँको ३४ लाख ४५ हजारवटा सयपत्री, मखमली र गोदावरी फूलको खपत भएको छ ।
यो वर्ष अनुमान गरेभन्दा राम्रो फूलको खपत भएको अध्यक्ष मिन बहादुर तामाङले बताए । 'तिहारमा ठूलो परिमाणमा फूल खपत हुन्छ भन्ने थिएन।'-उनले भने- 'गत वर्षको भन्दा केही बढी फूलको माग बढ्ने अनुमान त थियो। एसोसिएसने १३ करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखेको थियो। तर बजारमा सोचेभन्दा धेरै बढी फूलको माग भयो।'
Read full story at source (bizmandu.com)