मिरगञ्ज पुलमा आवागमन १५ दिनभित्रै खुलाउने भारतको आश्वासन, मर्मतपछि पनि नखोलिएको नेपाली व्यवसायीको गुनासो
abhiyandaily.com
विराटनगर । नेपाली व्यवसायीका लागि टाउको दुखाइ बनेको भारतको मिरगञ्जस्थित प्रमाणा नदीमाथिको बेलिब्रिज सवारीसाधन आवागमनका लागि १५ दिनभित्रै खुला गर्ने भारतीय अधिकारीले आश्वासन दिएका छन् ।
मोरङ व्यापार संघलाई काठमाडौंस्थित भारतीय दूतावासले उक्त आश्वासन दिएको हो । उक्त पुल विराटनगर–जोगवनी सीमा नाकाबाट ४ किलोमीटर पश्चिममा पर्छ । १० महीनाअघि भासिएको बेलिब्रिज मर्मत भइसके पनि भारतले आवागमन खुला गरेको छैन । यसले गर्दा नेपाली व्यवसायीले भारतलगायत तेस्रो मुलुकबाट आयात गरेको सामान अतिरिक्त भाडा तिरेर रि–रूट गरी नेपाल ल्याइरहेका छन् ।
Read full story at source (abhiyandaily.com)