नारागणगढ मुग्लिन सडकमा यसै वर्ष १२ पुल बन्ने
nepalhomes.com · Tue Oct 11 07:04:01 GMT 2022
भरतपुर। नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये चालु आर्थिक वर्षभित्र १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुलकाे काम धमाधम भइरहेको छ ।
आयोजनाका प्रमुख किरण कार्कीले १५ मध्ये १२ वटा पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताए । १९ पुलमध्ये चारवटा यसअघि नै निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो ।
Read full story at source (nepalhomes.com)