सामाखुसी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाले गर्यो प्रतिकार्य
onlinekhabar.com · Sun Jul 05 13:48:31 GMT 2026

२१ असार, काठमाडौं । शनिबार राती परेको पानीले काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुसी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे ।
यी घरलाई जोखिममुक्त बनाउन आज महानगर प्रहरी बलबाट नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वमा ६० जना जनशक्ति परिचालन गरियो । टोलीले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको छ ।
Read full story at source (onlinekhabar.com)