विपक्षीको अवरोधबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक, संसद् पाँच दिनका लागि स्थगित
kalakarmi.com · Thu May 21 12:19:38 GMT 2026

काठमाडौं- विपक्षी दलहरूको चर्को विरोध र नाराबाजीकैबीच प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२’ पारित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरे पनि सभामुख डोलप्रसाद ९डीपी० अर्यालले कार्यवाही अघि बढाएका थिए।
बैठकमा विपक्षी सांसदहरू वेलमा पुगेर नाराबाजी गरिरहेकै अवस्थामा सभामुख अर्यालले उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएको घोषणा गरेका हुन्। त्यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।
Read full story at source (kalakarmi.com)