उम्मेदवारको निधनपछि मोरङ काँग्रेसले अर्को उम्मेदवारको मनोनयन गर्दै
dekhapadhi.com · Wed Nov 09 11:01:00 GMT 2022
काठमाडौं। मोरङ ३ (क)का प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि मोरङ काँग्रेसले अर्को उम्मेदवार मनोनयन प्रक्रिया अगाडि बढाएको छ।कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ। निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया बढाउँछ। पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल हुनेछैन।
Read full story at source (dekhapadhi.com)