ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
ratopati.com · Mon Jul 06 01:06:55 GMT 2026
मेक्सिको सिटी । फिफा विश्वकपको अन्तिम १६ मा युरोपेली पावर हाउस इंग्ल्याण्डले उच्च स्थानमा रहेको मेक्सिको सिटीको ऐतिहासिक एज्टेका स्टेडियममा घरेलु टोली मेक्सिकोको सामना गर्दैछ । खराब मौसमका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको हो ।
प्रशिक्षक हाभियर अगिरेको नेतृत्वमा रहेको मेक्सिको ‘एल ट्री’ उच्च फर्ममा छ। टोली घरेलु मैदानको फाइदा उठाउँदै क्वार्टरफाइनलमा पुग्न चाहन्छ। मेक्सिकोले जारी प्रतियोगिताका चार खेलमा अहिलेसम्म एउटै गोल खाएको छैन।
Read full story at source (ratopati.com)