युरोको भाउ बढ्यो
merolifestyle.com · Mon Nov 07 05:26:01 GMT 2022
नेपाल राष्ट्र बैंक ले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। आज युरोपियन युरोको एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको थियो।
त्यस्तै, सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १४९ रुपैयाँ ७४ पैसा र बिक्रीमा १५० रुपैयाँ ४२ पैसा पाइन्छ।