नेपालले युएईलाई हरायो
karobardaily.com · Thu Nov 17 01:15:00 GMT 2022
संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल युएईलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै तीन खेलको सिरिजमा नेपालले युएईसँग १–१ को बराबरी गरेको छ । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन बनाए भने सोमपाल कामी १६ रनमा अविजित रहे ।
Read full story at source (karobardaily.com)