स्वर्ण पदक विजेता मल्ललाई एक लाख पुरस्कार
gorkhapatraonline.com · Fri May 22 04:04:35 GMT 2026
हालै सम्पन्न लुम्बिनी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा स्वर्ण पदक विजेता अञ्जली मल्ललाई गौमुखी गाउँपालिकाले नगद पुरस्कार दिने निर्णय गरेको छ । गौमुखी गाउँपालिका–३ रजवाराकी मल्ललाई गाउँपालिकाले एक लाख रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।
प्रतियोगिताअन्तर्गत एक हजार पाँच सय मिटर र तीन हजार मिटर दौडमा मल्लले स्वर्ण पदक जित्नुभएको हो । स्वर्ण पदक विजेता मल्ललाई नगद एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो । खेलाडीको हौसला अभिवृद्धि गर्न पुरस्कार दिने निर्णय गरिएको उहाँको भनाइ छ । मल्ल खरा माध्यमिक विद्यालय, रजवारामा अध्ययनरत हुनुहुन्छ ।
Read full story at source (gorkhapatraonline.com)