मन्दिप गाैतम · Jul 7, 2017

"धनपति"
समीक्षा
Tap to listen
गत बर्ष थुप्रै अवार्डहरु जीत्न सफल चलचित्र “पशुपति प्रसाद” का निर्देशक र नायक अर्थात् दिपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले फेरी एकसाथ काम गरेको चलचित्र “धनपति” यो हफ्ता रिलिज भएको छ । सर्वाधिक रुचाइएको पशुपति प्रसादकै कारण पनि धनपतिबाट सबैजसो चलचित्रप्रेमीलार्इ धेरै अपेक्षा रहेको छ । आज हाम्रो पात्रोको समीक्षामा हामि यहाँहरुलाई, के निर्दशक खनाल र नायक लामिछानेको जोडीले यसपटक ठुलो पर्दामा फेरी जादु गर्न सफल हुन्छ ? या चलचित्र हेर्न गएका दर्शकहरुले निराशा मात्र बोकेर फर्किनु पर्नेछ भन्ने कुराको जानकारी दिन्छौ ।
यो पनि हेर्नुहोस् : "ग्याङस्टर ब्लुज"को ट्रेलर
प्लट
१५ हजार मासिक तलब कमाउने खगेन्द्र लामिछाने अर्थात् धनपति बस्नेत काठमाण्डौमा आफ्नो श्रीमती र सानि छोरिसंग बस्दछन् । साइकल चढेर कार्यालय जाने खगेन्द्रको एउटै सपना छ । आफ्नो सानो छोरीलाई राम्रो स्कुल पढाउने । महंगाई बढेको काठमाण्डौ जस्तो सहरमा आफ्नो सपना पुरा गर्नकै लागि भएपनि धनपति चाहदा नचाहदै राजनीतिमा प्रवेश हुन् पुग्दछन् । त्यसपछि चलचित्रको कथा राजनीतिमा प्रवेश गरिसकेपछि धनपतिमा आएका परिवर्तन र यसका नकारात्मक असरहरु तर्फ बढेको छ ।
कथा,पटकथा र संवाद
चलचित्रको कथा पटकथा र संवादहरु खगेन्द्र लामिछानेले लेखेको हो । लामिछानेको लेखन शैलीबाट निक्कै अपेक्षा राख्ने मध्य म पनि एक हु । तर धनपतिको स्क्रिप्टमा थुप्रै समस्या देखिन्छ । कथा पृथक त छैन छैन , र यस्ता थुप्रै दर्शकहरु छन् जो अहिले चलचित्रमा गरिब परिवार र पैसाको अभावमा छोरीलार्इ राम्रो स्कुल पढाउन नसक्ने बुवाको कथा हेर्न पक्कै रुचाउदैनन्, तसर्थ दर्शकहरुको त्यो समूहलार्इ चलचित्र पहिलो हाफ सकिदै बोरिंग लागिसक्नेछ । चलचित्रको पहिलो हाफमा कथा अघि बढ्न सकेको छैन ।
दोस्रो हाफ निक्कै सम्भावनाहरु बोकेर सुरु त हुन्छ ,तर अनुमानित हुदै जाने क्लाईमेक्सले पनि तुलनात्मक रूपमा अलि राम्रो दोस्रो हाफलार्इ बचाउन सक्दैन । त्यसकारण पनि यो चलचित्रले धेरै बेर सम्म मानिसहरुको मनमा ठाँउ बनाउन सक्दैन । पर्दामा इमोसनल सिन चल्दा भावुक हुने दर्शकलार्इ भने कथा, पटकथाले बाध्न सक्छ । चलचित्रको संवादहरु भने राम्रा छन् ।
अभिनय
अभिनयमा भने खगेन्द्रले अपेक्षा अनुरुप काम गरेका छन् । एउटा साइकलमा कार्यालय जानेदेखि लिएर बिद्रोही क्रान्तिकारीसम्म उनले आफ्नो पात्रलार्इ न्याय दिएका छन् । सुरक्षा पन्तले भने आफ्नो च्याल्लेंजिंग लाग्ने कामलार्इ सरलताका साथ निभाएकी छिन , उनि उत्कृष्ट लाग्दछिन् , तर कतै कतै धनपतिलार्इ महत्व दिने क्रममा उनले मौका थोरै पाएको बुझिन्छ । बाकि , बाल कलाकारदेखि लिएर अरु सबै कलकारहरुको अभिनय राम्रो छ ।