नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन टू को उपाधी युएईले उचालेको छ । युएईले नेपाललाई ७ रनले पराजित गरेसंगै नेपाल उपविजेता बनेको हो । फाइनल खेलमा टस जितेर पहिला ब्यटिंग गरेको टिम युएईले नेपालसामू निर्धारीत ५० ओभरमा आफ्नो ४ विकेट गुमाएर २७७ रनको चुनौती दिएकोथियो । जबाफी ब्याटिङमा नेपालले सम्पूर्ण ५० ओभर खेल्दै ८ विकेट खेर फालेर २७० रन बनायो ।
युएईका ओपनिंग ब्याट्सम्यान मुस्तफाले ५१ रन बनाउन ७ चौका प्रहार गरे अर्का ब्याट्सम्यान अह्म्मेदले सतकीयपारी खेले उनले १२३ बल खेली १० चौका ३ छक्का सहित ११४ रन प्रहार गरे त्यस्तै सबार १८ रनमा रनआउट हुँदा अनवर ४० रनमा सोमपालको बलमा क्याच आउट हुनपुगे भने सहजाद ४१ र उस्मानले २ रन आफ्नो खातामा जोडे । जवाफी ब्याटिङमा उत्रेको नेपाली टोलीको ओपनिङ जोडी आज पनि जम्न सकेन । नेपालले पहिलो विकटको रुपमा दिलिप नाथलार्इ गुमायो जति बेला नेपालको खातामा ३८ रन थियो । उनलाई मुस्तफले बोल्ड गरेका हुन् त्यसलगत्तै अर्का ओपनर ज्ञानेन्द्र मल्ल अमिर ह्यायतको बलमा क्याच हुन पुगे । उनले नेपालको खातामा २५ बलमा २४ रन जोडे त्यस्तै नेपालको पारि उकास्न कप्तान पारस खड्कासंग २ छक्का सहित ३५ रन जोड्दा इमरान को बल मा दिपेन्द्र बोल्ड हुन् पुगे सरद ३७ बलमा ३० रन जोड्दा अमिर हायत ले पवेलियनको बाटो देखाए आरिफ ७ रन मा आउट हुदै रोहित १७ बल मा २३ रन जोड्दा स्टम्प हुनपुगे । क्यानडासंगको खेलका नायक करण यो खेलमा टिक्न सकेनन उनी २ रनमा स्टम्प आउट भए, सोलपाल ६ र कप्तान पारश खड्का ३ चौका, ८ छक्काको मद्दतमा ११२ रनको शानदार शतकीय पारि खेल्दै नटअाउट रहेका थिए उनलार्इ अन्तिम् अोभरसम्म साथ दिने बसन्त रेग्मी व्यक्तिगत ५ रन सहित नट आउट रहे ।
बलिङमा आज नेपालले खासै राम्रो प्रदर्शन गर्नसकेन । सन्दिप लामिछानेले अाफ्नो १० ओभरको बलिङमा ३९ रन दिएर १ विकट लिए भने बसन्त र सोमपालले समान एक-एक विकट लिए । युएईकालागि १० ओभर बलिङ गरेका अमिर ह्यायतले ५३ रन दिएर ४ जना नेपाली ब्याट्सम्यानलाई मैदान बाहिर पठाएकाथिए । त्यस्तै इमरानले २, अहमद र मुस्थाफाले समान एक-एक विकेट लिए ।
खेलको म्यान अफ द म्याच युएईका अस्फाक अहमद भए भने डिभिजन टूको ‘प्लेयर अफ दि टुर्नामेन्ट’ नेपालका सन्दिप लामिछाने घोषित भए । योसंगै विश्व क्रिकेट लिग डिभिजन टूको सम्पूर्ण समीकरण पुरा भएको छ भने नेपाल र युएई डिभिजन एकमा बढुवा भएका छन् । सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सकालागि समेत छनोट भएको छ ।
युएर्इको पारीको समाप्तिः
विश्व क्रिकेट लिग डिभिजन टूको फाइनल खेलमा टस जितेर पहिला ब्यटिंग गरेको टिम युएईले नेपाल सामु निरधारित ५० ओभरमा आफ्नो ४ विकट गुमायर २७८ रनको योगफल तयार पारेको छ युएईका ओपनिंग ब्याट्सम्यान मुस्तफाले ५१ रन बनाउन ७ चौका प्रहार गरे अर्का ब्याट्सम्यान अह्म्मेदले सतकीय पारि खेले उनले १२३ बल खेली १० चौका ३ छक्का सहित ११४ रन प्रहार गरे त्यस्तै सबार १८ रनमा रन आउट हुँदा अनवर ४० रनमा सोमपालको बलमा क्याच आउट हुन् पुगे भने सहजद ४१ र उस्मानले २ रन आफ्नो खातामा जोडे ।
बलिंगमा आज नेपालले खासै राम्रो प्रदर्शन गर्नसकेन सन्दिप लामिछाने १० ओभर बलिंग गरेका ३९ रन दिएर १ विकट लिए भने बसन्त र सोमपालले समान एक विकट लिए ।
---
खेल शुरू हुनु अघिको अपडेट
विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आज नेपाल र युएईको फाईनल खेल भैरहेको छ । युएईले टस जितेर ब्यटिंग गरिरहेको छ। नेपाल हिजो भएको रोमान्चित खेलमा क्यानाडालाई एक विकटको जित निकाल्दै फाइनल प्रबेस गरेको हो भने युएईले नामिबियालाई १९ रनले हराउदै नेपालसगको भेट पक्का गरेको हो यो खेल आगाडी नै दुवै टिम डिभिजन एकमा बढुवा भएको छ भने सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सकालागि समेत छनोट भएको छ ।
मैदान उत्रिएका खेलाडीहरुको आजको प्रस्तुति अव्वल रहन जरुरि छ । सबै खेलाडीलाई हाम्रो शुभ कामना !