नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको टिम नेपाललाई दोश्रो खेल निक्कै महत्वपूर्ण छ । एसिया कपमा नेपालले सहभागिता मात्र जनाउन हैन, प्रतिष्पर्धा गर्न आएको हो भनेर विश्वलाई देखाउने अवसर छ । तर, भारत जस्तो कडा प्रतिष्पर्धीसँग उत्कृष्ट प्रदर्शन गर्नु नेपालको लागि अवश्य कठिन छ ।

















