Blog · LiteratureFashion (फेसन)

शालिमार "मिस चितवन २०७३"को करीब डेढ महिना लामो यात्रा भोलिको ग्राण्ड फिनाले संगै समाप्त हुने भएको छ। अडिसनबाट छानिएका २८ प्रतियोगीहरुलाई व्यक्तित्व विकास ,आत्मविश्वास अभिवृद्धि र अरु थुप्रै कुराहरुको तालिम प्रदान गरेपछि भोलि फिनालेको भव्य समारोहमा बिजेतालार्इ ताज लगाइनेछ । भोलि चयन हुने बिजेताले नयाँ संस्करणको मिस नेपाल प्रतिस्पर्धामा सीधै वाइल्ड कार्ड इन्ट्रीको सुनौलो अवसर पाउने छिन् । वाइल्ड कार्ड इन्ट्रीको साथ्साथै भोलि मिस चितवनको ताज बिजेताले एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाउने छिन्।