Suyog Dhakal · Sep 6, 2016
आनन्द एउटा वौद्धमार्गी भिक्षु हो र उ वौद्धमार्गमा जानु अघि एकजना अछुत नै थियो , आफ्नो हातले छोएको र आफूले दिएको पानी एकजना गैर दलित धार्मिक ब्यक्तिले खाएको प्रथम पल्ट अनुभव प्रकृतीले एकदिन पानीको मुहानमा आफूले दिएको पानी आनन्दले खाएपछि मात्र गरेकि हुन र आनन्दको यो खुकुलो हृदयका कारण उनि आनन्दप्रति आकर्षित हुन्छिन । आनन्दले प्रकृतीसग कुराकानी गर्दै समाजले उन्लाई विनाकारण अछुत बनाएपनि उन्ले आफ्नो मनछोटो नपार्न अनुरोध गर्दछन । आनन्दको यो वचनले प्रकृती आफू उनिप्रति आकर्षित मात्र नभई आनन्दलाई आफ्नो मोक्षकर्ताका रुपमा पनि मनमनै आदर्शरुवरुपमा लिन थाल्दछिन ।