
विदेशमन्त्री वाङको उक्त सम्मेलनलाई भारतको सो कदमको प्रशंसा तथा स्वागतको लागि गरिएको थियो । वाङको सो वक्तव्यले दुई देशबीच चिसिएको सम्बन्धमा सुधार आउने विश्वास लिइएको छ । गत वर्ष अप्रिलमा दलाई लामाको अरुणाञ्चल प्रदेश भ्रमणपछि भारत र चीनबीच खटपट बढेको थियो । दलाई लामाको सो भ्रमणलाई लिएर सोही महिना रुस–भारत–चीनबीच हुने भनिएको त्रिपक्षीय वार्ता समेत विदेशमन्त्री वाङले रद्द गरिदिएका थिए ।
चीन र भारतबीच १० हप्ता लामो समयसम्म चर्किएको डोक्लाम विवादमा पनि विदेशमन्त्री वाङ भारतविरुद्ध खरो रुपमा उत्रिने गरेका थिए । बिहिबारे भने उनी नम्र रुपमा प्रस्तुत हुँदै दुई देशको सम्बन्ध सुधारका लागि दुवै देशका नेताहरुले कुशल रणनीति लिँदै अघि बढ्नुपर्ने र दुवै देशले आपसी शंकाउपशंका हटाउनुपर्ने बताए ।