
सिन्हुआ विश्वविद्यालयबाट रासायानिक इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका राष्ट्रपति जिङपिङले सन् १९८७ मा चीनका चर्चित गायिका पेङ लियुआनसँग वैवाहिक सम्बन्ध गाँसेका थिए भने उनीहरुको एक्ली छोरी सि मिङजे हार्वड विश्वविद्यालयका विद्यार्थी हुन् ।
चिनियाँ राष्ट्रपति सि जिङपिङले आजिवन शासन गर्न पाउने भएपछि उनको बारेमा बहस नहुने त कुरै भएन । आइतबार चिनियाँ सदनले संविधान संशोधन गर्दै राष्ट्रपतिले दुई कार्यकाल मात्र सम्हाल्न पाउने व्यवस्था सर्वसम्मत हटाएपछि उनको आजिव शासनको बाटो खुलेको हो । चीनको औपचारिक संसदले पाँच वर्षसम्म दुई कार्यकाल चलाउन पाउने व्यवस्थालाई खारेज गरिदिएको थियो ।