
संयुक्त राष्ट्र संघले २०१८ को विश्वकै खुशी र आनन्दित मुलुकहरुको सूचिमा फिनल्याण्डपछि नर्वे, डेनमार्क, आइसल्याण्ड र स्वीजरल्याण्डलाई उत्कृष्ट पाँचमा राखेको छ । फिनल्याण्ड अघिल्लो वर्ष पाँचौँ स्थानमा थियो ।
फिनल्याण्डका शासकहरुले देशको भलाइको लागि सोचे र राष्ट्रहितका निर्णयहरु लिए । विकासका पूर्वाधार र प्रविधिलाई पनि सँगसँगै लगे । मुलुकलाई कल्याणकारी बनाउँदै लगे । “नागरिकबीचको विश्वासको वातावरण अत्यधिक छ । भ्रष्टाचार र अपराध शून्यप्राय नै छ जसले गर्दा व्यापारको वातावरण छ । कामहरु छिटो मात्र होइन भरपर्दो तरिकाले पनि सम्पन्न हुने गर्दछ,” २५ वर्षदेखि फिनल्याण्डमा बस्दै आएका क्यानेडेली नागरिक एन्ड्रे चाकर बताउँछन् ।