Suyog Dhakal · May 11, 2018
२० औँ शताब्दीको पूर्वाद्धमा भारतीय नोबेल विजेता रविन्द्रनाथ टैगोरले लेखेका केही हरफहरु व्यापक रुपमा युगौँसम्म पैmलिएको थियो, र यसैबाट दक्षिण कोरिया र भारतबीचको साँस्कृतिक सम्बन्ध सुरु भएको थियो ।
विचित्रको कुरा के छ भने, टैगोरले कहिल्यै पनि दक्षिण कोरिया भ्रमण गरेका थिएनन् । उक्त देशका लागि उनले प्रयोग गरेका “पूर्वको ज्योति” भन्ने शब्दावलीले कोरियालीहरुको मस्तिष्कमा ठूलो प्रभाव पारेको थियो । टैगोरको ल्याम्प अफ द इस्ट भन्ने कविता नसुनेको दक्षिण कोरियाली सायदै भेटिन्छन् ।