
हामीले एकअर्कालाई हेर्यौं, कालो धुँवाले हाम्रो अनुहार नचिनिने भएको थियो र हामी गनाईरहेका थियौं । झरेको १० मिनेटमा मैले थोरै गोडा चलाउन सक्ने भएं, पिसाब फेर्न सकें । लगाएका कपडालाई उल्टाएर लायौं ताकि थोरै भएपनि सफा देखिन्छ कि भनेंर ।
अहिले सिरियाका घटनाक्रम अनि त्यहाँका बालबालिकाका अवस्थाहरु बारे समग्र विश्वमै आवाजहरु उठ्न थालेका छन् । सामाजिक सञ्जाल लगायत मीडियाहरुमा पनि सिरियाका कुराहरु छन् । यस्ता धेरै पिताहरु छो्रीहरुको भविष्का लागि सिरियाबाट अन्य देश जोखिम मोलेर पुगेका छन् । यस डायरीका कथा आजलाई यति नै, अर्को जिवन्त अनि यथार्थ कथा लिएर फेरि आउनेछौं