Suyog Dhakal · Aug 6, 2016
जेलमा हुँदा पनि मैले जानेको मार्शल आर्ट धेरै जना कैदीलाई सिकाए अनि आशबी नाम गरेका मेरा एकजना साथीले त्यस्को बदलामा मलाई पढ्न र लेख्न सिकाइदिएका हुन्, उनि प्रति म सधैँ कृतज्ञ रहनेछु । हामी दुबै धेरै मिल्ने साथी थियौ तर आशबी सन् १९८० मा जेलबाट छुटेपछि म एक्लो भए ।
जिन्दगी यस्तै रहेछ, मलाई मेरो बालपन एसबरी पार्कमा बिताएका क्षणहरु एकदमै याद छ, त्यतिबेला हाम्रो स्कूलमा अरुलाई दुःख दिने साथीहरुसँग म त्यसो नगर भनेर झगडा गर्थे । अरुलाई दुःख देख्न म सक्दिन तर दुःख चाँही लाग्छ जब मेरा आफन्त भनाउदाँहरुनै हराएका छन् । भएका पुराना नम्बरमा सम्पर्क गर्दा ति नंबरहरु आउटडेटेड भइसकेका छन् ।