
श्व बैंकका अनुसार, चीनले केही दशक यताबाट ८० करोड मानिसलाई गरिबीबाट उकासिसकेको भएतापनि चुनौतिहरु अभैm बाँकी छन् । विकासोन्मुख राष्ट्रको सूचिबाट उकालिँदै गएको भएपनि विकसित मुलुकको भन्दा चीनको प्रति व्यक्ति आय न्यूनतम रहेको र बजार सुदृढिकरण अभैm अधुरो रहेको बताइएको छ ।
चीनले गत पाँच वर्षमा हरेक दिन ३७,००० मानिसलाई गरिबीको रेखाबाट उकासेको भारतीय अनलाइन खबर हिन्दुस्तान टाइम्सले लेखेको छ । चीनले यसलाई इतिहासकै व्यापक गरिबी निवारण कार्यक्रमको रुपमा वर्णन गरेको छ । गत सोमबार संसदीय बैठकमा सरकारको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा चीनले पाँच वर्षमा ६ करोड ८५ लाख ग्रामीण जनतालाई गरिबीबाट राहत प्रदान गरेको सार्वजनिक गरेको हो ।