Suyog Dhakal · Dec 23, 2017
कुरानमा भर्जिन मेरि मात्र एकजना यस्ती पात्र हुन जसलाई नामले सम्बोधन गरिएको छ भनेर भारतीय अध्यनकर्ता राना साफबी लेख्दछन् । यि लेखक अनि अध्यनकर्ताले जहाँ ढुगांले बोल्दछन जस्ता बिश्व चर्चित पुस्तकहरु अनि धार्मीक शोधहरु गरेका छन् । उनको यस आलेख पढेपछि मलाई पनि केही शोधहरु पढेर बाईबल, कुरान, जिससको जन्म अनि कृष्णलाई पनि एकै धारमा ल्याएर पस्कन चित्तपर्यो, श्री गणेश गर्न चाहें ।
यिनै बालक जिसस पछि गएर महान प्रवर्तक भएर हजारौं बर्षपछि पनि बिभिन्न नाम अनि स्वरुपमा करौंडो मान्छेका हृदयमा बिराजमान स्मृती अनि धर्मका प्रतिमूर्ति भएर बस्न सफल छन् । हुन त भगवानका पुत्रका रुपमा आउने अवतारहरुको जन्मका किस्साहरु सदैव अचम्मका हुने गर्दछन् । जिसस हुन या बुद्ध हुन या कृष्ण नै किन नहुन् ?