
बेहुलाले पाएका सम्पूर्ण फुलगुच्छाहरु अज्ञात सैनिकको चिहानमा राख्ने गरिन्छ, गएका अर्धशतकभीत्र बिवाह भएका बेलायती राजपरिवारका बेहुलाहरुले पाउने फुलका गुच्छाहरु प्रथम बिश्वयूद्धका अज्ञात सैनिकहरुको चिहानमा अर्पण गरिने चलन छ ।
अचम्मको कुरा त के हो भनें बेलायती राजपरिवारको बिवाहको समारोहमा खानेकुराको परिकारका मेनुहरु भने फ्रेन्च भाषामा लेखिएको हुन्छ । सैयौ बर्षअघि बेलायती राजपरिवारमा फ्रेन्च भान्सेमात्र रहने गर्दथे र यसै कारणले पनि खानेकुराहरुको मेनु फ्रेन्च भाषामै रहने गरेको बताइन्छ ।