
दिल्लीका सुल्तानले सन् १३०६ मा चित्तोरमा आक्रमण गरेका हुन भने उन्को मृत्यू भने सनु १३१६ मा भएको हो । अनि रोचक कुरा त के हो भने सन् १५४० मा मलिक ले पध्मावत लेखेका हुन् । इतिहास संगको तालमेल लगभग २०० बर्षपछि लेखिएको पध्मावतमा के कत्तिको छ, त्यो भने सहजै अड्कल काट्न अफ्ठेरो कुरा हो ।
२४४ बर्षपछि अनि लगभग ६५० किमी वरपर रहेका कवी जयसी अनि दिल्लीका सुल्तान खिल्जीबीचको तालमेलमा इतिहास कहाँ पिल्सीएको छ, चलचित्रमा के कुरा राखियो अनि राखिएन भन्ने चाँही बुझ्न अनि बुझाउन अफ्ठेरै कुरा हो ।
तुलसीदासका कृतीहरु रामचरित्रदास झैं अवधी भाषामा पत्तमावत पनि उत्तिकै चर्चित र घरघरको कहानीका रुपमा बर्षौ देखि भनिन्दै अनि मनन गरिँदै आएको छ । सुन्दरता अनि त्यागको मुर्तीका रुपमा पदमावतीलाई लिइन्छ ।