
अमेरिकाले कहिल्यै पनि जेरुसलेममा दुतावास राखेको छैन् । अहिले पनि अमेरिकी दुतावास तेल अबीबमा छ र राजदुत त्यसभन्दा ३० किमी उत्तरमा हर्जलिया पिताउच भन्ने ठाँउमा बस्दछन् । इज्रेलले अमेरिकाको दुतावासका लागि सन् १९८९ मा जेरुसलेममा ९९ बर्षका लागि जग्गाको टुक्रा प्रतिबर्ष केवल १ डलरमा भाडामा लिएको थियो । यो जग्गाको टुक्रा आज २८ बर्षपछि पनि उस्तै छ ।
लगभग ८ लाख ५० हजार जना जेरुसलेममा बस्दछन् । यिनमा ३७ प्रतिशत अरबी छन् भने ६१ प्रतिशत यहुदी छन् । यी डाटाहरु हामीले इन्डीपेन्डेन्ट थीकं ट्याकं जेरुसलेम इन्सटिट्यूटबाट साभार गरेका हौ । यहुदी जनसख्याँमा करिब २ लाख कडा अर्थोडक्स यहुदीहरु छन भने बाँकी धर्म निरपेक्ष अनि मध्यमधारका यहुदीहरु हुन् । बाँकी अरबी जनसख्याँमा ९४ प्रतिशत मुसलमान र ६ प्रतिशत क्रिस्चियनहरु छन् ।