
संसारको सबैभन्दा ठूलो चिहान कुन हो, कहिल्यै सोच्नुभएको छ ? यदि तपाईं इराकको वादी–उस–सलाम सोच्दै हुनुहुन्छ भने तपाईं अब सायद गलत पनि हुन सक्नुहुनेछ । हजुर, संसारभर लोकप्रिय मानिने सामाजिक सञ्जाल फेसबुकसंग ५,००,००,००० मानिसको सम्झना सुरक्षित छ ।
कसैको मृत्यु हुँदा, उनको परिवारलाई धैर्य गर्न भनिन्छ र बिस्तारै धैर्य गर्न सिक्दै पनि जान्छन्, के तर इन्टरनेटले पनि उनीहरुलाई धैर्य गर्न सघाइरहेको छ त ? समस्या त यो छ कि इन्टरनेटमा विगतमा भएका गतिविधिका कारण डिजिटल स्मरणहरुले कति सजिलै मानिसपटलमा रहेका मृतकका सम्झनाहरुलाई झकझक्याइदिन्छ र वर्तमानमा बाँच्ने अभिलाषालाई पुनः एक पटक कमजोर बनाइदिन्छ ।