
कथा, कहानी, गीत, लोकगीत, संवाद, नाटक, उपन्यास जेसुकैको कुरा गरे पनि विश्वमै सबैभन्दा पुरानो लेखिएको काब्य अथवा कहानी हो, रामायण ।
हामी संझन सक्छौ कि यदि रामायण लेख्ने लेखक महर्षि बाल्मिकी आज हामीमाझ भएको भए उनि कति खुशी हुन्थे होलान् ? हजारौ वर्ष पहिले उन्ले मसि चोपेका ग्रन्थ आजपनि संसारभरि महिमा, स्तुति र मुक्तकण्ठले पढ्ने र पढाउने गरिन्छ । रामायणका हरेक चरित्र र तिनको वर्णन पुजनीय भइसकेको छ ।