
दक्षिण कोरियाको वार्षिक प्रतिव्यक्ति आय १५३३५ अमेरीकि डलर भएपनि त्यहाँ मासिक यस्ता प्री स्कुलको शुल्क मासिक १५०० डलर भन्दा माथि छ । यस्ता प्राइभेट स्कुलमा शुल्क वहन गर्न सक्ने परिवारका बालबालिकासंग सरकारी स्कुलका कक्षा २ सम्म अङ्ग्रेजी नपढेका बालबालिकाले भविष्यमा एकै स्थानमा कसरी लड्न सक्ने हुन्, विवादको विषय भएको पनि छ ।
विदेशी भाषा पढाएमा आउँदा पुस्ताको कोरियन भाषामा प्रभाव घट्दै जाने उल्लेख भएको थियो । दक्षिण कोरियाका चाइल्ड केयर पोलीसि र अर्ली चाइल्डहुड एजुकेशनका निर्देशक क्योन जि योगंले विभिन्न शिक्षा विज्ञ अनि न्यूरोसाईन्टीस्टहरु लाई उद्धत गर्दै अन्य भाषा सिक्ने समय कक्षा ३ बाट मात्र सुरु हुने बताए ।