Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


गुँलापर्व आरम्भ
विशेष अडियो सामाग्री
Tap to listen
आज हामी गुंला पर्वको साम्रगी लिएर आएका छौं, वर्षभरि नेपाली चाडवाड अनि दिनविशेषको संगालो लिएर आउने यहाँहरुको प्रिय मोबाइल पात्रो हाम्रो पात्रो मा । वर्षाको मादकता अनि जोखिम दुबै आफ्नो चरमोत्कर्ष मा छ , धानको रोपाँई कतिको सकियो कुन्नी ? सदाझैं वर्खाका प्रकोपहरु पहिरो अनि बाढीका समाचारहरु सुन्नमा आएका छन् । बादलहरु कहिले पागल भएर बर्षन्छन् त कतै कन्जुस भएर जलथोपाहरु नझारि बसेका छन् । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुँलापर्वमा सबैलाई स्वागत ।