Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


उत्पत्तिका एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई "उत्पतिका एकादशी" भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दू पञ्चाङ्गको एघारौं तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो। आजको यस विशेष दिनमा एकादशीको उत्पति भएको हुनाले यसलाई "उत्पतिका एकादशी" नामाकरण गरिएको हो । सवै एकादशी मध्ये "उत्पतिका एकादशी" पहिलो भएको हुनाले एकादशीको ब्रत लिने व्यक्तिहरुले आजकै दिनबाट एकादशी ब्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ ।