Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी अाएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस्
नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु
Tap to listen
आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कार्वाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।